फ्रान्सको जङ्गलमा लागेको डढेलो बोर्दो सहरनजिक, राष्ट्रपति म्याक्रोनले भने-स्थिति निकै भयावह
annapurnapost.com · Tue Jul 28 03:11:54 GMT 2026

काठमाडौं : फ्रान्सको दक्षिण-पश्चिमी सहर बोर्दो नजिकै फैलिएको विनाशकारी जङ्गलको डढेलो नियन्त्रणबाहिर पुगेको छ।डढेलो बोर्दो सहरभन्दा १५ किलोमिटर मात्र टाढा पुगेपछि प्रभावित क्षेत्र गिरोन्दको निरीक्षण गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोनले यसलाई दोस्रो विश्वयुद्धपछिकै ‘अभूतपूर्व र भीषण संकट’ को संज्ञा दिएका छन्।
डढेलोको जोखिम बढेसँगै फ्रान्समा हालसम्म २ लाख २० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। स्थिति झनै प्रतिकूल बन्न सक्ने भन्दै बोर्दोका मेयर थोमस काजेनाभले सम्भावित सबै परिस्थितिका लागि तयारी पुरा गरिएको बताएका छन्। थप स्थानान्तरणको आदेश आएमा ठूलो सङ्ख्यामा मानिसहरूलाई राख्ने व्यवस्थापन मिलाइएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)