विदा सकिएपछि पनि हाजिर नहुने ७ इन्जिनियरलाई पूर्वाधार विकास मन्त्रालयको ३० दिने अन्तिम चेतावनी
clickmandu.com · Tue Jul 28 03:19:32 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले अध्ययन तथा असाधारण विदा समाप्त भएपछि पनि कार्यक्षेत्रमा नफर्किएका सात जना इन्जिनियरहरूलाई ३० दिनभित्र स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको छ । मन्त्रालयले २०८३ साउन १२ गते एक सार्वजनिक सूचना जारी गर्दै निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई सेवाबाट किन नहटाउने भन्दै जवाफ माग गरेको हो ।
मन्त्रालयका अनुसार स्पष्टीकरण सोधिएकाहरूमा नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरहरू पुजन न्यौपाने, सृष्टि भुषाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । यीमध्ये कतिपय इन्जिनियरहरू विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभएको र पदमेन्द्र प्रसाद श्रेष्ठ भने विदा स्वीकृत नगराई अनुपस्थित रहेको सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)