लमजुङमा पहिरोले घर भत्किँदा घाइते भएका बाबुछोरीको मृत्यु, आमाछोरीको अवस्था गम्भीर
kendrabindu.com · Tue Jul 28 03:53:23 GMT 2026

काठमाडौं । लमजुङमा गएराति घर पहिरोले भत्किँदा घाइते भएकामध्ये बाबुछोरीको मृत्यु भएको छ। मध्यनेपाल नगरपालिका–७ भाटबेसीँमा राति कुलो भत्किएर आएको बाढीको कारण पहिरो जाँदा घर भत्किएको हो। घटनामा एकै परिवारका चार जना घाइते भएका थिए।
घाइतेमध्ये ५९ वर्षीय टीकाबहादुर विक र उनकी १५ वर्षीया छोरी बिनिता विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)