मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
nepalviews.com · Tue Jul 28 03:58:36 GMT 2026

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो खस्दा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार आज बिहान करिब पौने ९ बजेतिर ठूलो पहिरो खसेको हो। पहिरोका कारण मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरू बाटोमै रोकिएका छन्। पहिरो पन्छाउनका लागि घटनास्थलमा मेसिन परिचालन गरिएको छ भने काम सम्पन्न भई सवारी आवागमन सुचारु हुन करिब डेढ घण्टा लाग्ने कार्यालयले अनुमान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)