अवैध काठ र ढुंगा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
nepalsamaya.com · Tue Jul 28 04:03:00 GMT 2026
महेन्द्रनगर- कञ्चनपुर प्रहरीले अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो दोधारा– चाँदनी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकैबाट १८ क्युफिट पाँच गोलिया काठ बरामद गरिएको हो।
त्यसैगरी, प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध रूपमा ढुङ्गा ओसारपसार गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)