नारायणी घटना: देशभर आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा, स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल
swasthyakhabar.com · Tue Jul 28 04:28:00 GMT 2026

काठमाडौं - वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। उता, स्वास्थ्य तथा खाद्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गर्दै दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढिरहेको जनाएको छ।
नेपाल चिकित्सक संघले सोमबार जारी गरेको विज्ञप्तिमा साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)