एआई डेटिङ एपबाट २६५ जोडीको विवाह
nepalnews.com · Tue Jul 28 04:52:52 GMT 2026

टोकियो। जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ। सन् २०२४ मा सुरु गरिएको उक्त एपमार्फत भेट भएका २६५ जोडीले विवाह गरिसकेका छन्।
‘टोकियो एनमुसुबी’ नामक यो एप सेप्टेम्बर २०२४ मा सञ्चालनमा आएको थियो। विवाह गर्न इच्छुक करिब ७० प्रतिशत व्यक्ति म्याचमेकिङ प्रक्रियामा सक्रिय रूपमा सहभागी नभएको सरकारी सर्वेक्षणपछि उनीहरूलाई सहज रूपमा जीवनसाथी खोज्न सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)