आगामी साता रोममा भेटवार्ता गर्दै इजरायल र लेबनानका अधिकारीहरू
nepalviews.com · Tue Jul 28 04:54:04 GMT 2026

एजेन्सी । इजरायल र लेबनानका अधिकारीहरू आगामी साता इटालीको राजधानी रोममा भेटवार्ता गर्ने भएका छन्। अमेरिकी मध्यस्थतामा भएको सम्झौताको कार्यान्वयनलाई अघि बढाउँदै दुई देशबिच दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यले भेटवार्ता हुन लागेको बताइएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भेटवार्ता आगामी अगस्ट ४ देखि ६ सम्म रोममा हुनेछ । उक्त प्राविधिक वार्ता दक्षिणी लेबनानका प्रारम्भिक परीक्षण क्षेत्रहरूमा सुरक्षा नियन्त्रण लेबनानी सशस्त्र बललाई हस्तान्तरण गरिए लगत्तै हुन लागेको हो। गत साता इजरायली सेनाले ती क्षेत्रहरूको सुरक्षा जिम्मा लेबनानी सेनालाई लगाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र लेबनानका राष्ट्रपति जोसेफ आउनबिच भएको भेटवार्तापछि यो संवाद थप महत्त्वपूर्ण बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)