बोल्ने र मौन बस्ने बौद्धिकहरू
nepalpress.com · Tue Jul 28 04:56:28 GMT 2026

वर्तमान सरकारका सय दिनका गतिविधिले सरकार कतातिर जाँदै छ भन्ने मात्र देखाएको छैन, यसले लोकतन्त्र, सार्वजनिक बहस र बौद्धिक वर्गको भूमिकाबारेको प्रश्नलाई पनि सतहमा ल्याएको छ । त्यो प्रश्न हो-बौद्धिकहरू सत्यको पक्षमा बोलिरहेका छन् कि शक्तिको छायाँमा मौन बसिरहेका छन् ? विगतमा सरकारका हरेक कदमलाई ‘प्रचारबाजी’ वा ‘नाटक’ भन्दै तीव्र आलोचना गर्ने केही चर्चित बौद्धिकहरू आज राज्य शक्तिको प्रयोगसँग सम्बन्धित कतिपय विवादास्पद घटनामा भने मौन देखिएका छन् ।
यही प्रश्नलाई हालैका केही घटनाले अझ मुखर बनाएका छन् । सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकहरूलाई विस्थापित गरिएको घटनादेखि मिडिया हाउसका कार्यालयअगाडि शङ्कास्पद रूपमा गाडी पार्किङ गरी दबाब वा त्रास सिर्जना गरिएको घटनासम्म, गणेश नेपालीको आत्महत्यापछि राज्य संयन्त्रको भूमिकामाथि उठेका प्रश्नदेखि महङ्गी र करको भारका विषयसम्म, साथै नागरिक स्वतन्त्रता, संस्थागत मर्यादा र राज्य शक्तिको सीमाबारे भएका सार्वजनिक बहसमा समेत ‘न्यु डिपार्चर’ मार्काका केही बौद्धिकहरू उल्लेखनीय रूपमा मौन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)