आलेखः सर्पदंशको बढ्दो सन्त्रास
barnanmedia.com · Tue Jul 28 04:46:12 GMT 2026

अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै बित्ने गर्दछ । मनसुनी अवधिमा बढेको हुन्छ सर्पदंशको त्रासदी । विशेषगरी तराईका जिल्लामा मनसुन सुरु भएसँगै सर्पदंशका घटना बढ्न थाल्छन् ।
बिहान खेतमा पुगेको किसनालाई बेलुका सकुशल घर फर्किन पाइन्छ कि पाइँदैन भन्ने त्रास हुन सक्छ । दिनभर खेतमा काम गर्ने किसान मात्र होइन, राति आफ्नै घरमा सुतेका मानिस पनि सुरक्षित महसुस गर्न सक्दैनन् । घरभित्र निदाइरहेका मानिस, खेलिरहेका बालबालिका, बिहानै उठेर गोठतिर लागेका गृहिणी, घाँस काट्न वा धान खेतलाई पानी लगाउन गएका किसान जो कोही पनि सर्पदंशको शिकार बन्ने गरेका छन् । धेरै परिवारका लागि वर्षायामको रात चिन्ताको रात बन्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)