शान्त बन्दै देवानगञ्ज, राजमार्गमा भने चर्कियो आन्दोलन
nepalpress.com · Tue Jul 28 05:58:22 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका विषयलाई लिएर ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ । आइतबार राति दुई समुदायका बीचको झडपमा प्रहरीको गोलीले एक जनाको मृत्यु भएको घटनालाई लिएर सुनसरी र मोरङका विभिन्न स्थानमा आन्दोलनसँगै घरेलु हतियार बोकेर निस्किएका प्रदर्शनकारीले बजार बन्द गराएका छन् ।
सुनसरीको देवानगञ्ज क्षेत्रको स्थिति बिस्तारै सामान्य बन्दै गए पनि सुनसरीको इटहरीदेखि कोशी ब्यारेजसम्मको पूर्व पश्चिम सडक खण्डमा प्रदर्शन चर्किएको छ । पकलीदेखि कोशी ब्यारेजसम्मको खण्डमा सवारीसाधन अवरुद्ध छ । प्रदर्शनकारीहरूले ठाउँ-ठाउँमा टायर बालेर सडक अवरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)