निर्वाचन प्रविधिमैत्री बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रस्तावित आयुक्त वाग्लेको कार्ययोजना
ratopati.com · Tue Jul 28 06:25:44 GMT 2026

काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले नेपालको निर्वाचन प्रणालीलाई थप स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने बताएका छन् । मंगलबार बिहान सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै वाग्लेले निर्वाचन व्यवस्थापनमा व्यापक सुधारका योजनाहरू अघि सारेका हुन् । करिब २५ वर्ष निजामती सेवामा बिताएका वाग्लेले निर्वाचन आयोगलाई आधुनिक र विश्वसनीय संस्थाको रूपमा विकास गर्ने बताएका हुन् ।
वाग्लेले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न पहल गर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै उनले हुलाक, मन्जुरी वा इन्टरनेट भोटिङमध्ये उपयुक्त विकल्प छनोट गरी कार्यान्वयनमा लैजाने योजना अघि सारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)