फोहोर उत्पादन, उपयोग र जनउत्तरदायित्व
annapurnapost.com · Tue Jul 28 06:51:49 GMT 2026

हालैको इरान द्वन्द्वले सञ्चार अब युद्धको माध्यमिक आयाम नभएर प्रमुख हतियार नै बनिसकेको देखाउँछ।
विकास र आधुनिकताको नाममा हामीले कस्तो समाज निर्माण गरिरहेका छौं, जहाँ हामीले किनेको हरेक सुविधासँगै विनाशको प्याकेट निःशुल्क घर भित्रिरहेको छ ? सहरका गल्लीदेखि सगरमाथाको चुचुरोसम्म आज प्लास्टिक र उपभोग्य वस्तुको फोहोरले कब्जा जमाइसकेको छ। नागरिक कर तिर्छन्, स्थानीय सरकार बजेट खन्याउँछ, तर फोहोरको डंगुर घट्नुको साटो झन्झन् चुलिँदै छ। यहाँनेर एउटा गम्भीर प्रश्न उठ्छ— आकर्षक प्याकेजिङमा सामान बेचेर अर्बौं नाफा कमाउने कम्पनीहरूको दायित्व सामान बिकेपछि सकिन्छ ? उनीहरूले सिर्जना गरेको वातावरणीय संकटको भारी राज्य र नागरिकले मात्र बोक्नुपर्ने हो ? अब फोहोरलाई सरसफाइको नजरले मात्र होइन, नाफा र नैतिकताको तराजुमा जोख्दै ‘विस्तारित उत्पादक उत्तरदायित्व’मार्फत उत्पादकलाई नै जवाफदेही बनाउनुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)