मैले प्रधानमन्त्री बनेकै दिन हस्ताक्षर गरेको नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएको देख्दा खुसी लागेको छ : खनाल
shilapatra.com · Tue Jul 28 06:40:00 GMT 2026

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन् । खनालले आफू प्रधानमन्त्रीमा नियुक्त भएकै दिन हस्ताक्षर गरेको पहिलो फाइल यही सुरुङमार्ग भएको उल्लेख गर्दै यो सुरुङमा सञ्चालनमा आएको देख्दा खुसी लागेको जनाएका छन् ।
‘आज, त्यसबेला गरिएको दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भई यो सुरुङमार्ग सञ्चालनमा आएको देख्दा खुसी लागेको छ’, खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज यो सुरुङमार्ग दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको जीवन्त प्रतीकका रूपमा स्थापित भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)