तोकिएको समय भन्दा अगावै गुणस्तरीय निर्माण कार्य पूरा गरेका महासंघका उपाध्यक्ष सेटी सम्मानित
ajakoartha.com · Tue Jul 28 07:03:00 GMT 2026

काठमाडौं- तोकिएको समय भन्दा अगावै गुणस्तरीय निर्माण कार्य सम्पन्न गरी ख्याति कमाउँदै आएका मुलुकका स्थापित निर्माण व्यवसायी एवं नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेटी सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको तोकिएको समय भन्दा अगावै निर्माण कार्य पूरा गरे बापत सेटीलाई नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्मान गरेका हुन् ।
रोयल कन्स्ट्रक्सनका सञ्चालक प्रकाशबहादुर सेटीले बेलायत सरकारको सहयोगमा सञ्चालित एसजेपी कार्यक्रम अन्तर्गत यूएनओपीएस मार्फत प्रहरीका विभिन्न महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्रका भवनहरू तोकिएको समय भन्दा अगावै गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)