मोरङमा डिजे बजाउन निषेध
nepallive.com · Tue Jul 28 07:15:09 GMT 2026

विराटनगर– जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभित्र मेला, महोत्सव, विवाह तथा विभिन्न सामाजिक, धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा डिजे प्रयोग गर्न रोक लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजे प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)