वीरगञ्जको निर्माणाधीन पुलमा दुई बालिकाको शव फेला
shilapatra.com · Tue Jul 28 07:10:46 GMT 2026

वीरगञ्ज महानगरपालिका–२६ मा निर्माणाधीन पुलमा डुबेको अवस्थामा दुई बालिकाको शव फेला परेको छ । स्थानीय तीन वर्षीया र पाँच वर्षीया बालिकाको शव फेला परेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार दुवै बालिका सोमबार अभिभावकसँग खेतमा गएका थिए । केही समयपछि उनीहरू हराएपछि अभिभावकले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)