पलेँटीमा एकैसाथ गुन्जिदैछन् मदनकृष्ण श्रेष्ठका बाबुछोरा
himalpress.com · Tue Jul 28 07:19:23 GMT 2026

काठमाडौँ- अंग्रेजी महिनाको सप्ताहान्तमा नेपालयको ‘आरुशालामा आयोजना हुँदै आएको पलेँटी’मा यसपालि कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ। आफ्ना छोरा यमन श्रेष्ठका साथ गाउने तयारीमा रहेका मदन कृष्णले आजभन्दा १८ वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए।
मदन कृष्णले यसपालिको कार्यक्रममा आफ्ना पुराना लोकप्रिय गीतका साथै नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन्। उनले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’, ‘सयथरी बाजा’ लगायत अनेकौँ गीतहरूले लोकप्रियताको शिखर चुमेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)