मोरङमा अर्को सूचना जारी नभएसम्म डिजे बजाउन रोक, उल्लङ्घन गरे कानुनी कारबाही हुने
kalakarmi.com · Tue Jul 28 07:28:32 GMT 2026

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र हुने सार्वजनिक तथा निजी कार्यक्रमहरूमा अर्को सूचना जारी नभएसम्म डिजे (डीजे साउन्ड सिस्टम) प्रयोग गर्न रोक लगाएको छ । शान्ति–सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले प्रशासनले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनाअनुसार मोरङ जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, विवाह, भोज तथा विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य सार्वजनिक वा निजी जमघटमा पूर्व स्वीकृति वा जिल्ला प्रशासन कार्यालयबाट छुट्टै सूचना जारी नभएसम्म डिजे प्रयोग गर्न पाइने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)