त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटियो
gorkhapatraonline.com · Sun Aug 30 09:46:23 GMT 2026

काठमाडौं, भदौ १४ गते । भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाटको त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको छ।प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको जानकारी दिनुभएको छ ।‘त्रिशूली–३ ए जलविद्युत् आयोजना ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा आठ मिटर तल सुरुङको मुख भेटिएको छ,’ न्यौपानेले भन्नुभयो ।त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ४२ जना सम्पर्कविहीन हुनुहुन्छ ।उहाँहरूको खोजीका नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)