तीज कार्यक्रम स्थगित गरेर बाढी पीडितलाई सहयोग
gorkhapatraonline.com · Sun Aug 30 09:45:03 GMT 2026

हरितालिका तीजका अवसरमा हुने दर खाने तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी भोटेकोशीको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ।तीजमा हुने खर्च कटौती गर्दै विभिन्न संघसंस्था तथा समूहले बाढीपीडितका लागि राहत तथा सहयोग जुटाउन थालेका छन्
संकटको समयमा मनोरञ्जनात्मक कार्यक्रमभन्दा मानवीय सेवामा जुट्नु उचित ठानी ‘गण्डकी प्रदेश स्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगित गरेर बाढी प्रभावितका लागि राहत सामग्रीसहित नगद सहयोग गरिएको संस्थाका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)