सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
ratopati.com · Tue Jul 28 07:42:49 GMT 2026

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आगामी साउन १४ गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभा बैठकको कार्यसूची र सदनको सञ्चालनका विषयमा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
सिंहदरबारस्थित सभामुखको सचिवालयमा आज आयोजित बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता छ । बैठकमा मुख्य गरी साउन १४ गतेका लागि तय भएको संसद बैठकमा प्रस्तुत गरिने विषयवस्तु, सम्भावित कार्यसूची र सदनलाई कसरी मर्यादित एवं नतिजामुखी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)