इजरायल–लेबनान वार्ता अगस्ट ४ देखि
barnanmedia.com · Tue Jul 28 07:35:22 GMT 2026

इजरायल र लेबनानबीचको सीमा तथा सुरक्षासम्बन्धी वार्ताको अर्को चरण आगामी अगस्ट ४ देखि ६ सम्म इटालीको रोममा हुने अमेरिकी विदेश मन्त्रालयले पुष्टि गरेको छ । इजरायल दक्षिणी लेबनानका दुई ‘पाइलट जोन’ बाट क्रमिक रूपमा सेना फिर्ता गर्ने तयारीमा रहेका बेला वार्ताको नयाँ चरण तय गरिएको हो ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीसँग वार्तामा प्राविधिक समूहहरूले इजरायल–लेबनान फ्रेमवर्क सम्झौताको पूर्ण कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन् । उनका अनुसार छलफलमा ‘पाइलट जोन’ को कार्यान्वयन विस्तार गर्ने, बाँकी रहेका सबै सीमा विवाद समाधान गर्ने तथा दर्घकालीन शान्ति र सुरक्षा सम्झौताका आधार तयार गर्ने विषय समावेश हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)