सुर्खेतमा जीप दुर्घटना, चालकसहित १५ जना घाइते
lokaantar.com

सुर्खेतको लेकबेशीमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लेकबेशी नगरपालिका ५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जीप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)