गुणस्तर ऐनविपरीत खाद्य पदार्थ उत्पादन गरेको ठहर, दुई व्यवसायीलाई सजाय
himalpress.com · Tue Jul 28 07:53:43 GMT 2026

नेपालगन्ज- बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दायर गरेका दुइवटा मुद्दामा अदालतले एक व्यवसायीलाई एक वर्ष कैद र अर्कालाई रु ५० हजार जरिवानाको फैसला सुनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,नेपालगन्जले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)