सार्वजनिक खरिद ऐनको संशोधनले मिडिया संकटमा पर्ने भन्दै सर्वोच्चमा रिट
baahrakhari.com · Tue Jul 28 07:52:46 GMT 2026

काठमाडौं । सार्वजनिक खरिद ऐन संशोधनमार्फत मिडियामा सूचना निकाल्ने व्यवस्था हटाइएका कारण यो क्षेत्र संकटमा पर्ने अवस्था उत्पन्न भएको जिकिरसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । सार्वजनिक खरिद ऐन संशोधन बदर घोषित गर्न माग गर्दै अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले रिट दायर गरेका हुन् ।
संशोधित ऐनमा रहेको साबिकको प्रावधानानुसार टेन्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना निकाल्नुपर्ने व्यवस्था हटाउने कार्य हचुवा, गैरकानुनी र स्वेच्छाचारी रहेको जिकिर रिटमा छ । साबिकको व्यवस्था हटाइएका कारण मिडिया आर्थिक संकटमा पर्न सक्ने रिटकर्ताको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)