छैटौं खेलमा पनि हार, नेपाल अन्तिम स्थानमा सीमित
neplays.com · Tue Jul 28 08:13:00 GMT 2026
काठमाडौं। पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पाँचौं स्थानका लागि भएको खेलमा नेपाल काजाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ।
मंगलबार भएको खेलमा काजाकिस्तानले नेपाललाई २५–१८, २७–२५ र २५–२० ले पराजित गर्यो। पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको काजाकिस्तानले दोस्रो सेटमा नेपालबाट कडा चुनौती सामना गरेको थियो। नेपालले उत्कृष्ट पुनरागमनको प्रयास गरे पनि २७–२५ ले सेट गुमायो। त्यसपछि तेस्रो सेट २५–२० ले जित्दै काजाकिस्तानले खेल ३–० ले आफ्नो पक्षमा पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)