कांग्रेस नेता डा. कनोडियाको घरबाट भेटियो ९ लाख ६० हजार बढी भारतीय रुपैयाँ
nagariknews.nagariknetwork.com · Tue Jul 28 08:04:03 GMT 2026

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार नेपाली नागरिकले भारतीय दुई सय र पाँच सय दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म मात्र साथमा ल्याउन, लैजान वा सटही गर्न पाउँछन्। यसभन्दा बढी रकम ओसारपसार गर्न पाइँदैन। त्यो अवैध हुन्छ। यही व्यवस्थाबीच भारतसँग सीमा जोडिएको बाँकेका मेडिकल व्यवसायी तथा नेपाली कांग्रेसका नेता डा. सुरेशकुमार कनोडियाको घरबाट ठूलो परिमाणमा भारतीय र नेपाली नगद बरामद भएको छ।
प्रहरी स्रोतका अनुसार खानतलासीका क्रममा भारतीय ५०० दरका १ हजार ६६३ थान (८ लाख ३१ हजार ५००), १०० दरका १ हजार २०९ थान (१ लाख २० हजार ९००), ५० दरका २७१ थान (१३ हजार ५५०), २० दरका ३३४ थान (६ हजार ६८०), १० दरका ७१ थान (७१०), ५ दरका ३८ थान (१९०), २ दरका १०० थान (२००), १ दरका ३०० थान (३००) तथा २०० दरको एक थान नोट गरी जम्मा ९ लाख ६० हजार ६८० भारतीय रुपैयाँ बरामद भएको छ। साथै १५ लाख ३९ हजार ५७० नेपाली रुपैयाँ पनि फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)