सुर्खेतमा मुस्ताङ जिप दुर्घटना, ४ जनाको अवस्था गम्भीर
nagariknews.nagariknetwork.com · Tue Jul 28 08:01:53 GMT 2026

सुर्खेतको लेकबेशी नगरपालिका ५ र ६ को सिमाना हलकन्डरा क्षेत्रमा मंगलबार बिहान यात्रुबाहक मुस्ताङ जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दाङागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे.१ ख ५४० नम्बरको मुस्ताङ जिप उकालो सडकमा आफैँ अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा चालक लेकबेशी–४ निवासी २३ वर्षीय दिपेश पुनको खुट्टामा सामान्य चोट लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)