सुनसरी घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन, विवादास्पद नाराले तान्यो ध्यान
barnanmedia.com · Tue Jul 28 08:12:57 GMT 2026

१२ साउन, काठमाडौं । सुनसरीमा भएको हिंसात्मक झडपको विरोधमा हिन्दुवादीले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन् । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै मंगलबार उनीहरुले नाराबाजी, प्ले–कार्डसहित प्रदर्शन गरे ।
सहभागीले मुस्लिम समुदायविरुद्ध चर्को नाराबाजी गरे । उनीहरुले मुस्लिमहरुलाई आतंककारीको संज्ञा दिँदै नेपालबाट भगाउनुपर्नेसम्म बताए । प्रदर्शनकारीले ‘मुस्लिमलाई मीठो बोली, हिन्दुलाई तातो गोली’, ‘नेपालका हरेक मस्जिद र मदरासामा निगरानी गर्’, ‘हिन्दुहरुको पर्वमा आक्रमण किन रु’लगायत नारा लेखिएका प्ले–कार्ड बोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)