प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
shilapatra.com · Tue Jul 28 08:47:00 GMT 2026

संघीय संसदकाे संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले आफ्नो कार्ययोजना प्रस्तुतिको क्रम सुरु भएको छ । समितिको आजको बैठकमा प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले र डा राजीव सुब्बाको सुनुवाइको कार्यसूची राखिएको थियो ।
प्रस्तावित आयुक्तहरूबारे उजुरीको प्रक्रिया पूरा भएपछि उनीहरूले कार्ययोजना प्रस्तुत गर्न समय दिइएको हो । बैठकमा समितिका सदस्यहरूका जिज्ञाशाबारे प्रस्तावित आयुक्त वाग्लेले स्पष्ट पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)