त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरण : थप दुईजना पक्राउ
baahrakhari.com · Tue Jul 28 08:59:00 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका–४ बस्ने २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल घर भई हाल वीरगंज महानगरपालिका–२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम छन् ।
उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । मिश्रलाई आइतबार काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट र हाकिमलाई सोमबार वीरगंज महानगरपालिका–८ बाट पक्राउ गरिएको हो ।उनलाई शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)