निर्वाचन आयोगका चुनौतीबारे डा. राजीब सुब्बाको छ प्राथमिकता
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौँ। निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित डा. राजीब सुब्बाले आगामी निर्वाचन व्यवस्थापनका लागि छ ओटा मुख्य प्राथमिकता तय गरेको बताएका छन्।
मंगलबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले सबैका लागि मतदानको पहुँच र समावेशिता सुनिश्चित गर्ने, निर्वाचनको विश्वसनीयता र पारदर्शिता बढाउने, निर्वाचन व्यवस्थापनलाई दक्ष तथा मितव्ययी बनाउने, समयानुकूल कानुन सुधार गर्ने, सूचना प्रविधिको प्रभावकारी उपयोग गर्ने तथा आयोगको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)