"८ वर्ष बित्यो, न्याय अझै हरायो "
barnanmedia.com · Tue Jul 28 09:12:40 GMT 2026

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले आज आठ वर्ष पूरा गरेको छ। तर यति लामो समय बितिसक्दा पनि घटनाका मुख्य दोषी अझै कानुनी दायरामा आउन नसक्दा न्याय प्रणाली र अनुसन्धानमाथि गम्भीर प्रश्न उठिरहेका छन्।
२०७५ साल साउन १० गते घरबाट निस्किएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। त्यसयता घटनाको अनुसन्धानका नाममा अनेक प्रयास, समिति गठन र बयानहरू सार्वजनिक भए पनि वास्तविक दोषीको पहिचान हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)