यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
baahrakhari.com · Sun Jun 07 10:46:30 GMT 2026
काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ जयकुमारनाथ शाह स्मृति यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार (जेठ २४) सम्पन्न दुई क्वार्टरफाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
सोमबार (जेठ २५) हुने पहिलो सेमिफाइनलमा डीएभी सुशील केडिया विश्व भारती स्कुल र जेम्स स्कुल आमनेसामने हुनेछन् । दोस्रो सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)