कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन
nagariknews.nagariknetwork.com · Tue Jul 28 09:49:01 GMT 2026

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।
कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले श्रेष्ठको निधन भएको पुष्टि गरेका छन्। उनका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)