बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन
barnanmedia.com · Tue Jul 28 09:46:19 GMT 2026

पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन् ।
नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । तर, बागमती प्रदेश सरकार मातहत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले भने अहिलेसम्म पनि भाडा समायोजन गरेको छैन । अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटे पनि प्रदेशभित्र चल्ने सवारीसाधन र काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)