नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
ratopati.com · Tue Jul 28 10:00:07 GMT 2026

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९६ दशमलव ६७ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७० अङ्कले घटेर ४७० दशमलव ७९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८५ दशमलव २२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव १८ अङ्कले घटेर १५९ दशमलव ७० मा पुगेको छ । विभिन्न कम्पनीका एक करोड चार लाख २१ हजार ८६३ कित्ता सेयर रु चार अर्ब ४२ करोड ७३ लाख पाँच हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)