विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
ratopati.com · Tue Jul 28 10:01:59 GMT 2026

काठमाडौँ । विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५ आज सार्वजनिक गरिएको छ । खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई सुदृढ गर्ने विषयवस्तु समेटिएको सो प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर भट्ट, सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगर, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का, अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बाेम, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, विश्व खाद्य कार्यक्रमका देशीय निर्देशक रियाज लोधीलगायतको उपस्थितिमा सो प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा नेपालको विद्यालयमा पाँच दशक अघिदेखि सञ्चालित दिवा खाजा कार्यक्रमका उपलब्धि र यात्रालाई समेटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)