स्वास्थ्य सेवा बन्द नगर्न र दोषीलाई कारबाही गर्न आयोगको निर्देशन
himalpress.com · Tue Jul 28 10:00:43 GMT 2026

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा तोडफोडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। साथै, आन्दोलनरत चिकित्सकलाई अत्यावश्यक स्वास्थ्य सेवा तत्काल अघि बढाउन पनि आग्रह गरेको छ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको विरोधमा देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारमा गम्भीर असर परेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। आयोगले घटनाको स्थलगत अनुगमनसमेत गरेको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)