त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटियो
rajdhanidaily.com · Sun Aug 30 10:04:43 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाटको त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको छ । प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको जानकारी दिएका हुन् ।
‘त्रिशूली–३ ए जलविद्युत् आयोजना ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा आठ मिटर तल सुरुङको मुख भेटिएको छ,’ न्यौपानेले भने । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ४२ जना सम्पर्कविहीन छन् ।उनीहरूको खोजीमा नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)