भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली
onlinekhabar.com · Sun Aug 30 09:58:41 GMT 2026

१४ भदौ, काठमाडौं । रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू आएका छन्। १८ जना फरेन्सिक विज्ञहरूको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।
मृत शरीरहरूको व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैलीहरू प्राप्त भएको र थप आपूर्ति हुन लागेको राईले बताए । भदौ १० गते आएको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेहरूको शव प्राप्त हुने क्रम जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)