एमबीएस प्रश्नपत्र लिक प्रकरणमा हालसम्म ३ पक्राउ: परीक्षा हलबाटै फोटो खिचेर लिक गरिएको खुलासा
techpana.com · Tue Jul 28 10:09:32 GMT 2026

काठमाडौं । गत शुक्रबार त्रिभुवन विश्वविद्यालयको एमबीएस (मास्टर्स इन बिजनेस स्टडिज) को प्रथम सेमेस्टरको परीक्षा सुरु भएको पाँच मिनेटमा नै प्रश्नपत्र लिक भएको घटनामा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले वीरगञ्जबाट थप एक जना पक्राउ गरेसँगै पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको हो ।
पक्राउ पर्नेमा बाराको लिपनीमाल घर भई पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिम छन् । उनलाई सीआईबीले सोमबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)