‘हरितक्रान्ति र समृद्धि’ लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको घोषणा
kalakarmi.com · Tue Jul 28 10:18:51 GMT 2026

काठमाडौं- उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा राखेर राष्ट्रिय रूपान्तरणको अभियान अघि बढाउने निर्णय गरेको छ ।
साउन ९ देखि ११ गतेसम्म काठमाडौंस्थित उज्यालो घरमा बसेको तीनदिने बैठकले वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, आर्थिक चुनौती, कृषि, ऊर्जा, सहकारी पीडित, युवा पलायन तथा राष्ट्रिय हितका विषयमा छलफल गरी विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको पार्टीले जनाएको छ । बैठकले नेपाल राजनीतिक परिवर्तनपछि अब आर्थिक रूपान्तरण, सुशासन र नागरिकको जीवनस्तर सुधार गर्ने चरणमा प्रवेश गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टीले बेरोजगारी, युवा पलायन, कमजोर उत्पादन प्रणाली, कृषि संकट, भ्रष्टाचार, प्रशासनिक अक्षमता र लगानी वातावरणको कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)