नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनः पहिरो जाँदा सडक अवरुद्ध
ajakoartha.com · Tue Jul 28 10:16:00 GMT 2026

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ । आज बिहान ८ः३० बजे खसेको पहिरो दिउँसो १ः१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो । दिउँसो २ः५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ । पहिरो खस्ने जोखिम अझै कायमै रहेको उनले जानकारी दिए । पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउने कार्य सुरु गरिएको उनले बताए । चालीस मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)