खिम्ती–ध्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकको एक अर्ब २४ करोड ऋण लगानी
baahrakhari.com · Tue Jul 28 10:21:00 GMT 2026

काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन खिम्ती–ध्वाङ साना जलविद्युत् आयोजनाका लागि एनएमबी बैंकले एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ । यससम्बन्धी ऋण लगानी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा एनएमबी बैंकका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र आयोजना प्रवर्धक कम्पनी वन्डर्स इनर्जी प्रालिका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)