ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ
onlinekhabar.com · Tue Jul 28 10:19:37 GMT 2026

१२ साउन, सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन् । उनले हिजो सोमबार राति करिब ८ बजे बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)