कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चमा खड्काले दर्ता गराए पुनरावलोकन निवेदन
nagariknews.nagariknetwork.com · Tue Jul 28 10:35:54 GMT 2026

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। यसअघि भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकनका लागि निवेदन दर्ता गराएका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार खड्काको तर्फबाट पुनरावलोकन निवेदन दर्ताका लागि आएको हो। यसअघि पनि सोही विषयमा पूर्वसभापति शेरबहादुर देउवाको पक्षबाट पुनरावलोकन निवेदन दर्ता भइसकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)