विद्युतीय मतदान मेसिनको प्रयोग अब प्राथमिकतामा : प्रस्तावित आयुक्त सुब्बा
shilapatra.com · Tue Jul 28 10:46:00 GMT 2026

प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाले विद्युतीय मतदान मेसिनको प्रयोगलाई प्राथमिकता दिने बताएका छन् । संसदीय सुनुवाइ समितिमा अवधारणापत्र प्रस्तुत गर्दै उनले कागजी मतपत्रका कारण निर्वाचन खर्चिलो र झन्झटिलो हुँदै गएकोले विद्युतीय मतदान मेसिनको प्रयोगलाई प्राथमिकता दिने बताए ।
उनले नेपालको निर्वाचन प्रणालीलाई पूर्णतः डिजिटल र प्रविधिमैत्री बनाउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । उनले २१ औँ शताब्दीको चुनौतीलाई सम्बोधन गर्ने गरी समावेशी, विश्वसनीय र डिजिटल निर्वाचन प्रणालीको मार्गचित्र प्रस्ताव गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)