इरानले भन्याे अमेरिकासँग सहमति असम्भव, अब के हाेला युद्द ?
arthadabali.com · Tue Jul 28 11:04:37 GMT 2026

इरानको संसद्का उपसभामुख हमिदरेजा हाजी बाबाईले इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताउँदै रणनीतिक हर्मुज जलघाँटीलाई इरानको ‘शक्तिको शिखर’ भएको टिप्पणी गरेको छ । उनले प्रतिरोधको नीतिलाई निरन्तर अघि बढाइने र क्यास्पियन सागर क्षेत्रमा कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिएको छ ।
इरानी समाचार संस्था आइएसएनएका अनुसार संसद्को सार्वजनिक तथा बन्द सत्रलाई सम्बोधन गर्दै हाजी बाबाईले हिजबुल्लाहले इरानी नेतृत्वप्रति व्यक्त गरेको समर्थनलाई प्रतिरोध आन्दोलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे । उनका अनुसार यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा इरान र प्रतिरोध पक्षको प्रभाव बढाएको छ तथा अमेरिका र इजरायललाई पछि हट्न बाध्य बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)